नेपाली भित्तेपात्रोमा सबै भन्दा लामो र महान चाड विजया दशमी "दशैं" हरेक साल अशोज - कार्तिक महिनामा (around september - october) पर्ने गर्छ। दशैंलाई नेपालको राष्ट्रिय चाड पनी मानिन्छ। दशैंलाई दशारा, बिजया दशमी, नवरात्री पनि भनिन्छ। हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदा देखी नवमी सम्म शक्तीको आराधना गरी, दशमीका दिन आफ्ना नाता कुटुम्ब, ठुलाबडा र मान्यजनको हातबाट टिका र जमरा लगाई आशिर्वाद ग्रहण गर्ने चलन छ। घटस्थापनाका दिन जमरा राखी , नवमी सम्म हरेक दिन फरक फरक देवीहरुको पूजा गरिन्छ। दशैंको पहिलो नौ दिन देवी दुर्गा र राक्षस महिसाशुर बिच चलेको दोन्ध जनाउछ र दसौं दिनमा महिसाशुरको बध गरेर विजयी भएको हुनाले, यस दिनलाई विजया दशमी भनिएको हो। दशमीको दिनलाई यस चाडको प्रमुख दिन मानिन्छ। भनिन्छ, भगवान रामले यसै दिन रावणको वध गरेका थिए। दशमीको दिनलाई सत्य माथी असत्यको जितको रुपमा पनी लिईन्छ।
दशैं संग धेरै कुरा जोडिएको हुन्छ। दशैंलाई मासु खाने, पिङ्ग खेल्ने, तास खेल्ने, नयाँ लुगा लगाउने चाडको रुपमा पनि मानिन्छ। यी सबै हाम्रो समाजले दशैंलाई rename गरेर दिएका नामहरु हुन्। हुनेखानेहरुले खसी, बोका, च्यांग्रा आदिको मासु खाएर दशैं मनाउछन्। जो गरिब छन्, दिनको दुई छाक खान गारो पर्ने अवस्थाका छन् , उनीहरुको मासु चैं दशैंले खान्छ। सबैले खाएको देखेपछि आफुलाई पनि खाँउ - खाँउ लाग्दो हो। कसैको थालमा मासु र भात मिल्किदो हो, अनी कसैको थालमा साग र भात पस्किन पनि गारो भएको हुँदो हो। कोही रहरले च्यातिएको लुगा किनेर दशैं मनाउछन् अनि कोहि बाध्यताले च्यातिएको लुगा लगाएर दशैं मनाउछन्।
मान्यजनको हातबाट टिका लगाएर आशिर्वाद ग्रहण गर्नको लागी मनाइने गरेको दशैँ आजकल पैसाको लागी
मनाइने गरिन्छ। दक्षिणा धेरै दिने आफन्तकोमा जान हामीलाई हतार हुन्छ अनि आशिर्वाद पाउने ठाऊँमा हामी करले जान्छौँ। दशैं आजकल हिन्दुहरुले मनाउने चाड भन्दा पैसा हुनेहरुले मनाउने चाड भएको छ। दशैं पछि कसैलाई तेरो दशैं कस्तो भयो भनेर सोध्यो भने, त्यसको जवाफ उसले दशैंमा कमाएको दक्षिणा, तास खेल्दा भएको हारजित र किनमेलमा भएको खर्चमा भर पर्छ। सामाजिक भन्दा आर्थिक रुपले मनाईने दशैं, आजकल दशैं भन्दा दशा भएको छ धेरैलाई।
दुधमा, दुध भन्दा धेरै पानी मिसिएको हुन्छ, त्यस्तै आजकलको आशिर्वादमा द्रोह, लोभ, लालच जस्ता कुरा मिसिएको हुन्छ। अरुबेला बोलचाल नभए पनि दशैंको टिका लगाउन जाने चलन छ। आशिर्वादको लागी भन्दा देखासेखिको लागी मनाईने modern जमानाको दशैंले, दशैं मनाउने तरिका फेरिएको आभास गराउँदछ।

No comments:
Post a Comment