सायरी

मेरो दारी देखेर बच्चाहरु डराउछन् अरे,
बाटोमा मलाई देख्दा भूत आयो भनी कराउछन् अरे।।
आजकाल सुन्ने गरेको छु गाउँ - टोलमा,
राक्षेसहरुको सम्मेलनमा मलाई प्रमुख अतिथि बोलाउछन् अरे।।
☺☺☺☺

जुँगा मुसार्दै हिन्दा गोर्खाली शान हुन्छ। 

कुनै दिन दारिकै राष्ट्रिय गान हुन्छ। 
आफ्नो जिम्मेवारी बहन गर्दै अगाडी बढ्ने,
दारी ग्यांग एकदिन रास्ट्रको पहिचान हुन्छ।।
☺☺☺☺

जब जुनलाई हेर्छु तिमीलाई सम्झन्छु,

जब तारा हेर्छु तिमीलाई सम्झन्छु।।

जब जुनलाई हेर्छु तिमीलाई सम्झन्छु,

जब तारा हेर्छु तिमीलाई सम्झन्छु।।

जुन र तारा जस्तै,

तिमी पनि त म देखि कोशौं टाडा छौ।।
🙎🙎🙎🙎🙎🙎

तिम्रो नाम सँग मेरो थर जोड्न मन छ,
तिम्रो मनको बगैंचामा प्रेमको बिरुवा गोड्न मन छ। 
तिमी हुन्छ मात्र भन प्रिये,
घरमा भाको श्रीमती मलाई छोड्न मन छ।।
😄😄😄😄😄

प्रिये, तिम्रो माया पाउन म के गरौँ ?
छाती चिरेर देखाउँ भने,
म हनुमान होईन। 
आकाशको तारा टिपेर दिउँ भने,
मेरो बाउको रकेट छैन।।
जूनको ज्योती ल्याएर दिउँ भने,
आकाश अध्यारो होला,
सुर्य धर्तीमा झारीदिउँ भने,
गोरो तिम्रो छाला डढेर कालो होला।।
😄😄😄😄😄


No comments:

Post a Comment