Saturday, September 30, 2017

आधुनिक दशैं

नेपाली भित्तेपात्रोमा सबै भन्दा लामो र महान चाड विजया दशमी "दशैं" हरेक साल अशोज - कार्तिक महिनामा (around september - october) पर्ने गर्छ। दशैंलाई नेपालको राष्ट्रिय चाड पनी मानिन्छ। दशैंलाई दशारा, बिजया दशमी, नवरात्री पनि भनिन्छ। हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदा देखी नवमी सम्म शक्तीको आराधना गरी, दशमीका दिन आफ्ना नाता कुटुम्ब, ठुलाबडा र मान्यजनको हातबाट टिका र जमरा लगाई आशिर्वाद  ग्रहण गर्ने चलन छ।  घटस्थापनाका दिन जमरा  राखी , नवमी सम्म हरेक दिन फरक फरक देवीहरुको पूजा गरिन्छ। दशैंको पहिलो नौ दिन देवी दुर्गा र राक्षस महिसाशुर बिच चलेको दोन्ध जनाउछ र दसौं दिनमा महिसाशुरको बध गरेर विजयी भएको हुनाले, यस दिनलाई विजया दशमी भनिएको हो। दशमीको  दिनलाई यस चाडको प्रमुख दिन मानिन्छ। भनिन्छ,  भगवान रामले यसै दिन रावणको वध गरेका थिए।  दशमीको  दिनलाई सत्य माथी असत्यको जितको रुपमा पनी लिईन्छ।